ग्लोबल मनि विकमा माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । क्यापिटलले नेपाल कर्मस क्याम्पस, मीनभवनमा आइतबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

ग्लोबल मनि विक २०२५ को ‘Think before you follow, wise money tomorrow’  भन्ने स्लोगनलाई आत्मसाथ गर्दै क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई सेयर बजार, डिम्याट, आइपीओ, बैंकिङ प्रणाली, सेयर कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना लगायतका विषय वस्तुबारे जानकारी तथा छलफल गरिएको थियो ।

यस अभियानमार्फत क्यापिटले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

नेपालको आर्थिक सम्भावना उजागर गर्न विश्व बैंकले दियो यस्ता ४ सुझाव Read Previous

नेपालको आर्थिक सम्भावना उजागर गर्न विश्व बैंकले दियो यस्ता ४ सुझाव

म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा Read Next

म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा