विदेशी पुनर्बीमा दलाललाई ३ महिना भित्र नेपालमा कार्यालय खोल्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

बीमकको पुनर्बिमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था रहेको छ।

कुलेखानीको तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइयो Read Previous

कुलेखानीको तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइयो

एक महिनामै चेक बाउन्सका ११२७ मुद्दा दर्ता Read Next

एक महिनामै चेक बाउन्सका ११२७ मुद्दा दर्ता