काठमाडौं । नेपालमा करदाताको संख्या ७१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म कुल करदाता (व्यक्ति तथा फर्म)को संख्या ७१ लाख २४ हजार ६८५ जना पुगेका हुन् ।
करदातामध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या छ । माघसम्म ४६ लाख १२ हजार ४०६ जनाले व्यक्तिगत प्यान लिएका छन् । पारिश्रमिक तथा तलब भुक्तानीमा प्यान अनिवार्य भएसँगै यो लिनेको संख्या पनि बढेको हो ।
त्यस्तै, माघसम्म २० लाख १२ हजार ५८६ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । प्यान लिने कर कट्टी गर्ने निकाय ३४ हजार ८४४ छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ ।
अन्तःशुल्क इजाजततर्फ १ लाख २३ हजार १३२ करदाता दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।