काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको ४ लाख २३ हजार २८१ कित्ता सेयरको लकइन पिरियड आगामी वैशाख ८ गते सकिने भएको छ ।
लघुवित्तको संस्थापक सेयरधनी र कर्मचारको नाममा रहेको उक्त सेयरको लकइन अवधि सकिने भएको हो ।
नेप्सेका अनुसार कम्पनीको संस्थापकको नाममा रहको ४ लाख २० हजार कित्ता र कर्मचारीको नाममा रहेको ३ हजार २८१ कित्ता सेयरको लकइनमा पिरियड सकिने भएको हो ।
लकइन पिरियड सकिएको भोलिपल्ट देखि सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न पाउने छन् ।