
काठमाडौं । सिन्धु विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकको शुक्रबार सम्पन्न १४ औं र १५औं वार्षिक साधरण सभाले उक्त हकप्रद प्रस्ताव पारित गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने बैंकले यसअघि ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको थियो । तर, साधरण सभाले १ः१.१६ अनुपात अर्थात् ११६ प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित हकप्रद नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि थप प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पनि पारित गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।