लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले किस्तामा तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता

काठमाडौं । लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न थालेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा संचालित लक्ष्मी स्टीलले बक्यौताको पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ तिरेको हो ।

नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्रका अनुसार लक्ष्मी स्टीलले २३ करोड ७९ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सो मध्ये पहिलो किस्तामा ८४ लाख ९८ हजार रुपैयाँ तिरेको हो ।

उद्योगले २८ किस्तामा बक्यौता तिर्ने बताएको छ । डेडिकेटेड तथा ट्रंक लाइन महशुल बक्यौता लामो समयदेखि विवादित बन्दै आएको छ । केही उद्योगले किस्ताम तिर्न थालेका छन् भने ३० बढी उद्योगले अझै तिरेका छैनन् ।

त्यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले पनि बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जर्नाको छ । सर्वोत्तमले कुल ११ करोड ९६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

 

वीरगञ्ज सुक्खा बन्दरगाहबाट सवा ३२ अर्ब  राजस्व संकलन Read Previous

वीरगञ्ज सुक्खा बन्दरगाहबाट सवा ३२ अर्ब  राजस्व संकलन

एमसीसी अघि बढाउन अमेरिकाको अनुमति, ठेक्का लगाउने बाटो खुल्यो Read Next

एमसीसी अघि बढाउन अमेरिकाको अनुमति, ठेक्का लगाउने बाटो खुल्यो