काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले २२ औं वार्षिक साधारण सभा माघ १७ गते बोलाएको छ। बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले सञ्चालक समतिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १५.७८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ता मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिश बोनस र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।
यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ रहेको छ भने बोनस वितरण पछि ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।
साधारण सभा प्रयोजनको लागि बैंकले माघ ७ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, माघ ६ गतेसम्म कायम रहने शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।