च्याम्पियन्स ट्रफी विजेता टिमलाई बीसीसीआईले दियो ८७ करोड नगद पुरस्कार

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई नगद पुरस्कार घोषणा गरेको छ ।

बीसीसीआईले बिहीबार एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई ५८ करोड भारतीय रुपैयाँ (८७ करोड नेपाली रुपैयाँ) नगद पुरस्कार दिने घोषणा गरेको हो ।

यो नगद पुरस्कारले खेलाडी, कोचिङ स्टाफ, सहयोगी स्टाफ र छनोट कमिटीका सदस्यलाई सम्मानित गर्ने बीसीसीआईले बताएको छ ।

च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले भनेका छन्, ‘लगातार दुईपटक आईसीसीको उपाधि जित्नु महत्त्वपूर्ण कुरा हो । र यो पुरस्कारले वैश्विक मञ्चमा टिम इन्डियाको समर्पण र उत्कृष्टतालाई मान्यता दिन्छ ।’

राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माण गर्न कानून संशोधन गर्दै सरकार Read Previous

राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माण गर्न कानून संशोधन गर्दै सरकार

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न Read Next

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न