
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा, पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ७ दिनभित्र ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी प्राधिकरणलाई जानकारी दिन निर्देशन दिइएको हो।
प्राधिकरणका अनुसार लगानी व्यवस्थापन गर्नका लागि बीमा कम्पनीहरूले लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी व्यवस्थापन इकाई स्थापना गर्नुपर्नेछ ।
यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सो सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन निर्देशन दिइएको छ।
साथै, बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए त्यसको जानकारी समेत सातभित्र निर्देशन दिइएको छ।