लेखा समितिमा १०० उजुरी, ४८ वटामा छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति १०० उजुरी परेका छन् । तीमध्ये समितिले ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले ४८ वटा उजुरीमा छलफल गर्ने निर्णय गरेको हो ।

समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । सोही अनुसार ४८ उजुरीमा छलफल गरिने समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले समितिमा परेका उजुरीहरु आगामी चैत १५ गते टुंग्याउनुपर्ने उनले बताए । समितिमा उजुरी लामो समयसम्म राख्दा अप्ठ्यारो हुने उनले बताए ।

बुधबारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुंगो लगाउनुपर्ने उनको भनाइ छ ।

मुआब्जा नपाएपछि स्थानीयले गरे जलविद्युत आयोजना बन्द Read Previous

मुआब्जा नपाएपछि स्थानीयले गरे जलविद्युत आयोजना बन्द

ऋण तिर्न ऋणै लिँदै सरकार : ८ महिनामा २ खर्ब तिर्यो, ३.३४ खर्ब लियो Read Next

ऋण तिर्न ऋणै लिँदै सरकार : ८ महिनामा २ खर्ब तिर्यो, ३.३४ खर्ब लियो