रोकिएन नेप्सेको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यस साता आइतबारदेखि नै ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेका हो ।

मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६ करोड रुपैयाँले घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये अन्य बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक ०.७० प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ११ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावरको दोस्रो धेरै २२ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज मिथिला लघुवित्तका सेयरधनीले सर्वाधिक ९.९६ प्रतिशत कमाएका छन् । त्यस्तै, हिमालयन पावरको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ ।

आज सामुदायिक लघुवित्तका सेयरधनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत मात्रै Read Previous

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत मात्रै

मुआब्जा नपाएपछि स्थानीयले गरे जलविद्युत आयोजना बन्द Read Next

मुआब्जा नपाएपछि स्थानीयले गरे जलविद्युत आयोजना बन्द