च्याउ उत्पादन गर्ने कम्पनीले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

यसैबीच, आएपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजका तर्फबाट सञ्चालक दीपकप्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् ।

२०७५ कात्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीले विभिन्न् प्रजातिका च्याउ र च्याउजन्य वस्तुहरू उत्पादन गर्दै आएको छ । कम्पनीको च्याउफार्म पूर्व नवलपरासी गैँडाकोटमा रहेको छ ।

बैंकिङ व्यवसायमा सुधारको संकेत, निक्षेपभन्दा कर्जाको वृद्धिदर धेरै Read Previous

बैंकिङ व्यवसायमा सुधारको संकेत, निक्षेपभन्दा कर्जाको वृद्धिदर धेरै

बागलुङका सात सडक धमाधम कालोपत्र हुँदै Read Next

बागलुङका सात सडक धमाधम कालोपत्र हुँदै