नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ८२ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै २१ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक २१.८५ अंकले घटेर २७१४.८५ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३८ करोडले घटेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये व्यापार बाहेक अरु सबैको परिसूचकमा गिरावट आएको छ । व्यापार समूहको परिसूचक ४.९२ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.२५ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५८ करोड ६६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको दोस्रो धेरै ३७ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सर्वाधिक ८.१९ प्रतिशत कमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ७.९१ प्रतिशत गुमाएका छन् । त्यस्तै, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ७.३३ प्रतिशत, विन नेपाल लघुवित्त र प्रभु इन्स्योरेन्सको ६ प्रतिशतले घटेको छ ।

 

१०० मेगावाटभन्दा ठूला हाइड्रोपावरको वित्तीय व्यवस्थापनको समय २ वर्ष थप Read Previous

१०० मेगावाटभन्दा ठूला हाइड्रोपावरको वित्तीय व्यवस्थापनको समय २ वर्ष थप

सिबिफिन र काठमाडौं फिनटेक बीच रणनीतिक साझेदारी सम्झौता Read Next

सिबिफिन र काठमाडौं फिनटेक बीच रणनीतिक साझेदारी सम्झौता