काठमाडौं । यो साता शेयर बजार समग्रमा करिब ४७ अंकले बढेको छ । आइतबारदेखि मंगलबारसम्म दोहोरो अंकले बढेको बजार बुधबार ७ अंकले घटेको थियो भने बिहीबार साढे ३ अंकले बढेको छ । साताभरीमा ४ अर्ब २० करोडभन्दा बढीको कारोबार भएको छ । समग्र बजार पूँजीकरण साढे १५ खर्ब पुगेको छ ।
शेयर बजार मापक सूचक नेप्से ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा आइपुगेको छ । आज १७७ कम्पनीको ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये ७ समूहको सूचक ओरालो लागेका छन् भने ५ समूहको सूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ९५.४१ अंकले बढेको छ भने उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै १०.५१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा आज सिभिल बैंकको प्रमोटर शेयर शीर्ष स्थानमा रह्यो । यसको २० करोड १८ लाख ६६ हजार १०० रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मूल्मा पोजेटिभ सर्किट लागेको छ । स्वाबलम्वन, समता, सपार्ट, घोडाघोडी, महिला सहयाता र नेपाल सेवा लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.७३ प्रतिशतले घटेको छ ।