भन्सार राजस्व असुली लक्ष्यभन्दा ५५ अर्बले कम, वर्षको अन्त्यसम्म पूरा होला त लक्ष्य

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा भन्सार राजस्व असुली लक्ष्यभन्दा करीब ४ प्रतिशतले कमी भएको छ । चालू वर्षको मंसिरसम्ममा १ खर्ब ५३ अर्ब २१ करोड ७७ लाख रुपैयाँ राजस्व असुली भएको हो । यो निर्धारित लक्ष्यभन्दा ५५अर्ब ५ करोड ७४ लाख रुपैयाँले कम हो । भन्सार विभागले मंसिरसम्ममा २ खर्ब ८ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

 

गत आवको मंसिरसम्ममा १ खर्ब ५९ अर्ब ६ करोड ८५ लाख रुपैयाँ राजस्व असुल भएको थियो । यो चालू आवमा संकलन भएको राजस्वभन्दा ३.६८ प्रतिशतले बढी हो ।

 

चालू आवमा विभागले कुल ४ खर्ब ७३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आवमा ४ सय १८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३ सय ६५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम कुल लक्ष्यको ८६.७७ प्रतिशत मात्र हो । चालू आवको पहिलो पाँच महिनाको राजस्व संकलनको अवस्था हेर्दा यस वर्ष पनि विभागले निर्धारित लक्ष्य भेट्टाउन कठिन हुने देखिन्छ ।

 

कुन नाकाबाट कति राजस्व असुल?

 

चालू आवमा मेची भन्सार नाकाबाट लक्ष्यको ७.४१ प्रतिशतले कम राजस्व संकलन भएको हो । सो अवधिमा ५ अर्ब ८१ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ८८ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको हो । यो रकम कुल लक्ष्यको ६६.७७ प्रतिशत हो । सो अवधिमा लक्ष्यको १ अर्ब ९३ करोड १७ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो । गत आवमा मंसिरमसम्ममा ४ अर्ब १९ करोड १९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

भूकम्प अगाडिका वर्षहरुमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार नाकाहरुमा पर्ने तातोपानी नाकाबाट चालू आवको ५ महिनामा सबैभन्दा कम राजस्व असुली भएको छ । तातोपानी भन्सारबाट लक्ष्यको २७.३४ प्रतिशत राजस्व संकलन भएको हो । मंसिर मसान्तसम्म तातोपानी नाकाबाट ५१ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो नाकाबाट १ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।

 

विराटनगर भन्सारबाट चालू आवमा संकलन हुने राजस्वमा गत आवको तुलनामा १९.२७ प्रतिशतले कमी आएको छ । चालूआवमा मंसिरसम्ममा २१ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २४ करोड २८ लाख रुपैयाँ राजस्व असुल भएको हो । सो अवधिमा लक्ष्यको ८ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ कम राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
गत आवमा सो भन्सारबाट मंसिरसम्ममा १६ अर्ब ४० करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

जलेश्वर भन्सारबाट मंसिर मसान्तसम्ममा लक्ष्यको ४४.९८ प्रतिशत कम राजस्व असुल भएको छ । सो अवधिमा ५० करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको हो । सो भन्सारबाट कुल १ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । चालूआवमा संकलन भएको रकम कुल लक्ष्यको ३६.२३ प्रतिशत मात्र हो । गत आवमा सोही अवधिमा ९२ करोड १ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

वीरगञ्ज भन्सारबाट मंसिरसम्ममा ५८ अर्ब ४७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा ८२ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ७०.६१ प्रतिशत राजस्व संकलन भएको हो । सो अवधिमा लक्ष्यको २४ अर्ब ३३ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो । गत वर्षको सोही अवधिमा ६५ अर्ब १६ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

सुख्खा बन्दरगहा भन्सारबाट ५ महिनामा १६ अर्ब ३६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम कुल लक्ष्यको ८८.९९ प्रतिशत हो । चालू वर्षको आवमा मंसिरसम्ममा कुल १८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको २ अर्ब २ करोड ४६ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो । गत वर्षको सोही अवधिमा १३ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

भैरहवा भन्सारबाट ३६ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो भन्सारबाट मंसिरसम्ममा ४६ अर्ब ५४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । जस मध्य संकलन भएको राजस्व ७९ प्रतिशत मात्र हो । सो अवधिमा ९ अर्ब ७६ करोड ७४ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो । गत आवमा सो अवधिमा ३५ अर्ब ६९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

नेपालगञ्ज भन्सारबाट मंसिसम्ममा ४ अर्ब ७१ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा ६ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । संकलन भएको राजस्व लक्ष्यको ६९.७३ प्रतिशत हो । लक्ष्यको २ अर्ब ६ करोड ५० लाख रुपैयाँ कम राजस्व संकलन भएको हो । गत आवको मंसिरमसान्तसम्ममा ५ अर्ब ३ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

तातोपानी भन्सारबाट सबैभन्दा कम राजस्व संकलन

 

नेपालबाट ३० वटाभन्दा बढी भन्सार नाकाबाट सामान आयात तथा निर्यात हुने गर्दछ । त्यसमध्ये १० वटा त्यस्ता भन्सार नाका छन् जहाँबाट धेरै जसो अयात निर्यातका क्रियाकलापहरु हुने गर्छन् । तातोपानी, मेची, विराटनगर, जलेश्वर, वीरगंज, सुख्खा बन्दरगाह, भैरहवा, नेपालगन्ज, मैलाली, त्रि.वि.स्थल लगायतका भन्सार नाकाबाट सबैभन्दा कम राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।

 

भूकम्प अगाडिका वर्षहरुमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार नाकाहरुमा पर्ने तातोपानी नाकाबाट चालू आवको ५ महिनामा सबैभ्न्दा कम राजस्व असुली भएको छ । तातोपानी भन्सारबाट लक्ष्यको २७.३४ प्रतिशत राजस्व संकलन भएको हो । मंसिर मसान्तसम्म तातोपानी नाकाबाट ५१ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो नाकाबाट १ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्यको १ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो ।

 

यस्तै रसुवा भन्सार भने लक्ष्यभन्दा ३८ प्रतिशतले बढी राजस्व असुल भएको छ । चालूआवको ५ महिनामा सो भन्सार नाकाबाट ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको हो । सो भन्सारबाट लक्ष्यभन्दा १ अर्ब ७९ करोड ६४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो । चालूआवको मंसिरसम्ममा सो नाकाबाट ४ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । गत आवको मंसिर महिनासम्ममा ४ अर्ब ७४ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

नगरपालिकाले बसपार्कको जिम्मा निजी कम्पनीलाई दिने भएपछि व्यवसायी पुगे अदालत Read Previous

नगरपालिकाले बसपार्कको जिम्मा निजी कम्पनीलाई दिने भएपछि व्यवसायी पुगे अदालत

शेयर बजार सातामा ४७ अंकले बढ्यो, बजार पूँजीकरण साढे १५ खर्ब पुग्यो Read Next

शेयर बजार सातामा ४७ अंकले बढ्यो, बजार पूँजीकरण साढे १५ खर्ब पुग्यो