काठमाडौं । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा गु्रपले नेपालको अग्रणी जीएसए प्रतिनिधि कम्पनी (रेप्रिजेन्टेसन पाट्र्नर) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रुपमा आफ्नो अफलाइन जीएसए नियुक्त गरेको छ ।
लुफ्थान्साले आफ्नो गु्रपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरू लुफ्थान्सा एयरलाइन्स, स्वीस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जिएसएको रुपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ । यसले नवीनतम प्रविधिमा आधारित समाधानहरूमार्फत बिक्री तथा मार्केटिङ रणनीतिहरूलाई सशक्त रूपमा सहयोग पुर्याउनेछ । साथै, नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी समेत निर्वाह गर्नेछ ।
लुफ्थान्सा ग्रुप, भारतको जेनेरल सेल्स म्यानेजर संगीता शर्माले हामी दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताइन् ।
‘सोसाइटी इन्टरनेशनल ट्राभल्स सर्भिसेज प्राइभेट लिमिटेडलाई नेपालको लागि हाम्रो नयाँ जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गर्न पाउँदा हामी उत्साहित छौँ । हामी दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेका छौं,’ उनले भनिन् ।