घट्यो डिजेल र पेट्रोलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, १६२ रुपैयाँ र १६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, १५० रुपैयाँ र १५१ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

पर्यटकको आकर्षणमा कोरला नाका, स्तरीय होटल पूर्वाधारको भने अभाव Read Previous

पर्यटकको आकर्षणमा कोरला नाका, स्तरीय होटल पूर्वाधारको भने अभाव

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन