अघि बढ्यो नयाँ गभर्नर नियुक्ति प्रक्रिया, तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिको सदस्यमा डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई रहेका छन् ।

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नरको महाप्रसाद अधिकारीको पदावधि यही चैत २५ गते सकिँदै छ । उनको पदावधि सकिनै लाग्दा सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

उक्त गठित समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ। समितिले सिफारिस गरेका तीन मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ ।

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित Read Previous

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  चीनको छेन्दु उडान हुँदै Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  चीनको छेन्दु उडान हुँदै