‘अस्थिर नीति नै अटो क्षेत्रको प्रमुख चुनौती’

काठमाडौं । सरकारका अस्थिर नीति नै नेपालको अटो क्षेत्रको प्रमुख चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । मेरोअटोले सोमबार आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’को ‘निजी सवारी : आजको आवश्यकता’ सत्रका वक्ताहरूले यस्तो धारण राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अटो क्षेत्र आफैंमा चुनौतीपूर्ण रहेको र सरकारका अस्थिर नीतिले झनै चुनौतीपूर्ण बनाएको बताए ।

अटोक्षेत्रसँग सम्बन्धी यातायात, वाणिज्य लगायत सबै नीति अस्थिर रहेको उनले बताए । सरकार परिवर्तनसँगै राज्यका नीति पनि परिवर्तन हुने बिडम्बनापूर्ण अवस्था रहेको उनले बताए ।

‘अस्थिर सरकारका कारण वर्षमा दुईटासम्म नीति आउने गरेको छ । सरकारका नीतिसँग अहिले मौद्रिक नीतिले अटो क्षेत्रलाई बाँध्ने गरेको छ । हरेक त्रैमासमा नयाँ नियम आउँछ,’ उनले भने, ‘सरकारले कुनै पनि नीति परिवर्तन गर्नुको औत्चिय पृष्टि गर्न सकेको देखिँदैन।यस्तोमा कसरी काम गर्न सकिन्छ । अटो क्षेत्रको कसरी विकास हुन्छ ?’

उनले नेपालमा एसेम्बली उद्योग स्थापन हुनु उपलब्धीपूर्ण रहे पनि त्यसको विकासमा राज्यको दीर्घकालीन नीति आवश्यक रहेको छ । ‘नेपालमा मोटरसाइकल एसेम्बली, चारपाँग्रे एसेम्बली उद्योग खुलेका छन् । अब एसेम्बीलाई सपोर्ट गर्ने एन्सिलरी उद्योग स्थापना गर्न जरुरी,’ उनले भने, ‘नेपालाई औद्योगिकीकरणमा लैजान राज्यले अटो क्षेत्रलाई नयाँ तरिकाबाट सोची निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ ।’ उनले सरकारले करका दर मात्रै घटाएर नभई खरिदमा प्रोत्सान गरेर पनि सहुलियत दिनु पर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपालमा बनेका गुणस्तरहीन सडक अटोक्षेत्रको विकासको बाधक रहको बताए । ‘नेपालमा आवश्यकता अनुसार सडक बने । सबै जिल्ला सदरमुकाम सडक पुगे,’ उनले बने, ‘ तर, ती सडक गुणस्तरीय छैनन्, सवारी चलाउन समस्या छ । यसले लागत समेत बढाएको छ ।’

उनले व्यवसायी बीच एकता हुन नसक्नु पनि अटो क्षेत्रको समस्या देखिएको बताए । सरकारी निकायसँग आफ्ना समस्या राख्न जाँदा संस्थागत नभई व्यक्तिगत रुपमा समेत जाने प्रवृति रहको उनको भनाइ छ ।

उनले एउटै मुद्दामा पनि सरकारी निकायहरु बीच फरक फरक दृष्टिकोण र बुझाइ रहँदा समेत काम गर्न अफ्ठेरो रहको बताए ।

नेपालमा ईभीको पायोनियर समेत रहेकी साइमेक्सी इंककी प्रबन्ध निर्देशक युमना श्रेष्ठले सरकारको अस्थिर नीतिकै कारण व्यवसायीसँगै सरकार समेत डुबिरहेको बताइन् । उनले सरकारले सुरूमा ईभीको प्रयोग बढाउन प्रोत्साहन गरे पनि केही समयपछि आफ्नो नीतबाट पछि हट्ने गरेको बताइन् ।

‘नेपाल ईभी स्वीकार्यतामा नर्वेपछि विश्वमै दोस्रो स्थानमा रहेको छ । तर, अस्थिर नीतिकै कारण प्रभावित हुँदै आएको छ,’ उनले भनिन्, ‘ गाडी भन्सारमा आइनपुग्दै राज्यका नीति परिवर्तन हुने गरेको छ । यसबाट राज्यसँगै निजी क्षेत्रसमेत डुबिरहेको छ । नीति तय गर्दा अध्ययन, अनुसन्धान नगरी नीति परिवर्तन गर्ने प्रवृति नै प्रमुख समस्या रहको छ ।’

मौद्रिक नीति समीक्षाबाट गरिएको लोन टु भ्यालु रेसियोको व्यवस्थाले व्यवसायीमा समेत फुट ल्याउने अवस्था समेत सिर्जना गरेको उनको भनाइ छ ।

उनले अटो क्षेत्रबाट व्यापारीले मात्र नभई राज्यले समेत ठूलो फाइदा पाइरहेको छ । उनले अटो क्षेत्रलाई हेर्न दृष्किोण नै संकुचित रहेको बताइन् ।

उनले ब्याट्री व्यवस्थापन सम्बन्धी सरकारको हालको नीत समेत अव्यवहारिक रहेको बताइन् । ‘हामी आफ्नो पैसा तिरेर ल्याएको ब्याट्री अहिले विदेश लैजानु पर्ने अवस्था छ । यो अव्यवहारिक छ । नेपालमै रिसाइकल गर्नुपर्ने व्यवस्था किन गर्न नसकेको ।’

उनले ईभीलाई सरकारले करको दृष्टिकोणबाट हेर्न नहुने बताइन् । राज्यले इनोभेसन, अनुसन्धान गरी दीर्घकालीन नीति नियम बनाउनुपर्ने अभ्यास गर्नुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजुले नीति निर्माणमा अन्तर सरकारी निकाय बीच समन्यन हुन नसकेको बताए । सरकारका सबै निकायहरु समन्वय गरी पूर्वाधार, यातायात सम्बन्धी नीति बनाउनुपर्ने आवश्यकता रहको बताए । नेपालमा व्यापारको अधिक सम्भावना रहे पनि कन्जम्सन प्याट्रन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहको उनको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा। विराज सिंह थापाले कम्बस्चन गाडीको विकल्प नै हाइड्रोजन गाडी रहेको बताए । उनले विश्व नै ग्रीन मोबिलिटीमा गइरहेकाले सरकारले यथाशीघ्र हाइड्रोजन सवारी सम्बन्धी नीति बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

तीन प्रकृतिका कर्जाको माग उच्च, वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै Read Previous

तीन प्रकृतिका कर्जाको माग उच्च, वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै

चीन जोड्ने कोरला सडकका चार योजना कार्यान्वयन हुँदै Read Next

चीन जोड्ने कोरला सडकका चार योजना कार्यान्वयन हुँदै