साल्ट ट्रेडिङको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (फागुन २९ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

चुरे संरक्षणमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ? Read Previous

चुरे संरक्षणमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?

तीन प्रकृतिका कर्जाको माग उच्च, वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै Read Next

तीन प्रकृतिका कर्जाको माग उच्च, वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै