काठमाडौं । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बीएन घर्ती नियुक्त भएका छन् ।
फाइनान्स संचालक समितिको फागुन २५ गते बसेको बैठकले घर्तीलाई ४ वर्षका लागि फाइनान्सको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घर्तीको कार्यकाल आज (फागुन २६ गते)देखि सुरु भएको हो । घर्ती १ दशकपछि बैंकिङ क्षेत्रमा फर्किएका हुन् ।
११ वर्ष अगाडि घर्ती तत्कालीन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए । पछिल्लो समय भने उनी बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । व्यवस्थापनमा एमबीए गरेका घर्तीले हाल पीएचडी समेत गर्दै छन् ।
वेस्ट फाइनान्समा गैरआवासीय नेपाली अभियन्ताहरू आरके शर्मा, रोविन्द श्रेष्ठ गोविन्दलगायतको लगानी रहेको छ ।