नेप्सेमा उच्च अंकको गिरावट, ५ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा लगातार पाँचौ दिन गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ५ दिनमा नेप्से ११७ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज १० अर्ब ९ करोड रुपैयाँ बढीकाे सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ६० करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, आइसीएफसी फाइनान्सको डिबेन्चर र भूगोल इनर्जीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागको छ । उपकार लघुवित्त र सिन्धु विकास बैंकका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

पोखरा जोड्ने तीन मुख्य सडक धमाधम कालोपत्र हुँदै Read Previous

पोखरा जोड्ने तीन मुख्य सडक धमाधम कालोपत्र हुँदै

बजेटमा ३ करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह Read Next

बजेटमा ३ करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह