काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (फागुन २६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत आवको नाफाबाट १.२४८९ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद गरी कुल ९.२४८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीको चैत ८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा अनमोल बैंक्वेट, शंखमूल, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।