सरकारले तोक्यो चैते धानको समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

फागनु २१ गते बसेको मन्त्रिपरिषद् बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८००.६९ रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने ? भनी तीन दिनभित्र सफाइ पेश गर्न मौका दिइएको र यसका लागि ऊर्जा मन्त्रालयलाई पत्राचार गर्न अनुमति दिएको छ ।
त्यसैगरी, स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई बढुवा गर्ने लगायतका निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

 

अब भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरू पब्लिकमा रुपान्तरण हुनुपर्ने Read Previous

अब भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरू पब्लिकमा रुपान्तरण हुनुपर्ने

फाप्लु विमानस्थलमा 'रिफ्युलिङ सेन्टर' स्थापनाको प्रक्रिया अघि बढ्यो Read Next

फाप्लु विमानस्थलमा 'रिफ्युलिङ सेन्टर' स्थापनाको प्रक्रिया अघि बढ्यो