नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । १६ लाख ३२ हजार बढीको भने हात खाली भएको छ ।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/; मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनआइएमबी क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

धमाधम बीमा पोलिसी त्याग्दै बीमित, दुई कम्पनीको नयाँ व्यवसायभन्दा सरेन्डर रकम धेरै Read Previous

धमाधम बीमा पोलिसी त्याग्दै बीमित, दुई कम्पनीको नयाँ व्यवसायभन्दा सरेन्डर रकम धेरै

हेटौंडा औद्योगिक क्षेत्रका बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो Read Next

हेटौंडा औद्योगिक क्षेत्रका बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो