बुद्ध एयरको जहाज पाङ्ग्रा विमानस्थलमै छाडेर उडेपछि…

काठमाडौं । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ ।

बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ,’ उनले भने ।

मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन, भाडादर कति ? Read Previous

मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन, भाडादर कति ?

विकट गुर्जावासीको दैनिकी फेर्दै सडक, पूरै दिनको यात्रा ४ घण्टामा छोटियो Read Next

विकट गुर्जावासीको दैनिकी फेर्दै सडक, पूरै दिनको यात्रा ४ घण्टामा छोटियो