नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ दिनमा नेप्से ६९ अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३२ करोडले घटेर १० अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९६ करोड ७० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ९० करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र समाज लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ६.८४ प्रतिशत गुमाएका छन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र मनकामना इन्जिनियरिङका सेयरधनीले ४ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

पुरोहित बन्न लाइसेन्स लिनुपर्ने भएपछि प्रशिक्षण लिनेको भीड, १५ हजार तिर्नुपर्ने Read Previous

पुरोहित बन्न लाइसेन्स लिनुपर्ने भएपछि प्रशिक्षण लिनेको भीड, १५ हजार तिर्नुपर्ने

आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत Read Next

आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत