थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको हो ।

केयूकेएलका इन्जिनियर प्रकाश बरालले हिजो फुटेको पाइप आज बिहानसम्म मर्मत गरिसकिएको बताए । अब पाइप परीक्षण गरेपछि थापाथली क्षेत्रमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने उनले बताए ।

थापाथलीमा हिजो बिहान खानेपानीको पाइप फुट्दा करिब ५ लाख लिटर पानी खेर गएको केयूकेएलले जनाएको छ ।

अवैध ८ नेपाली लिएर नेपाल आइपुग्यो अमेरिकी चार्टर विमान  Read Previous

अवैध ८ नेपाली लिएर नेपाल आइपुग्यो अमेरिकी चार्टर विमान 

बैंकमा पैसा थुप्रिएपछि फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक