काठमाडौं । अवैध रुपमा बसेका ८ जना नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमार्फत काठमाडौं ल्याइदिएको छ ।
आधिकारिक कागजातविहीन अमेरिकामा बसिरहेका आप्रावासीलाई देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार ८ जना नेपालीलाई चार्टर विमानबाट नेपाल ल्याइदिएको हो ।
जना बोकेको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज पौने १० बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गरेको हो । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो ।
नेपाल फर्काइएका नेपालीहरमा ७ जना पुरुष र एक जना महिला रहेको बताइएको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।
ट्रम्पले दोस्रो कार्यकाल सम्हाले लगत्तै पहिलो चरणमा १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई देश निकाला गर्ने कार्यकारी आदेश जारी गरेका थिए । उक्त सूचीमा १ हजार ३६५ जना नेपाली छन् ।