नेप्सेमा उच्च अंकको गिरावट, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । सोमबार १३ अंकले घटेको नेप्से आज ३० अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले घटेर १२ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज समाज सिन्धु विकास बैंकका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहन्छ : अध्यक्ष ढकाल Read Previous

नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहन्छ : अध्यक्ष ढकाल

भोलि संसदमा अनिवार्य उपस्थित हुन काँग्रेसको ह्विप Read Next

भोलि संसदमा अनिवार्य उपस्थित हुन काँग्रेसको ह्विप