काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना दलका सांसदहरूलाई भोलि (फागुन २१ गते) संसदमा अनिवार्य उपस्थित हुन ह्विप लगाएका छन् ।
२१ गतेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका भूमि बाहेकका अध्यादेश पारित गर्ने कार्यसूची रहेकाले आफ्ना संसदहरूलाई ह्विप जारी गरेको हो ।
‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ ।
सरकारले संसदमा अध्यादेश पेश गरेको १ महिना बिते पनि पारित गरेको छैन । आफ्ना कार्याकर्तालाई जग्गा बाँड्ने उद्देश्यले भूमि अध्यादेश ल्याएको भन्दै सत्तारुढ दल जसपा र लोसपाले समर्थन नगर्ने बताएका छन् ।
सत्तारुढ दलकै समर्थन नपाएपछि सरकारले भोलि भूमि बाहेकका अध्यादेश पारित गर्ने भएको हो ।