मेलम्चीको पाइप फुटेपछि थापाथलीको सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा सडक मुनिको मेलम्चीको खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध भएको छ ।

मंगलबार बिहान थापाथली चोकबाट नर्भिक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइपको लाइन फुटेको हो ।

पाइप फुटेर बाढी आएपछि त्यस क्षेत्र डुबानमा परेको छ भने सकड अवरुद्ध भएको छ । के कारणले पाइप फुटेको हो भन्ने खुलेको छैन ।

यसअघि पनि बबरमहलमा सर्भिस लेनमा खानेपानीको पाइप फुट्दा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

मौद्रिक नीति समीक्षा लागू गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ) Read Previous

मौद्रिक नीति समीक्षा लागू गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

पियोर इनर्जीको आइपीओ खुल्यो, १६ हजार कित्तासम्म भर्न पाउने Read Next

पियोर इनर्जीको आइपीओ खुल्यो, १६ हजार कित्तासम्म भर्न पाउने