पर्यटन मन्त्रालयद्धारा टरिगाउँ विमानस्थललाई बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

साथै मन्त्रालयले थप ९९ करोड रुपैयाँ बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् ।

विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल ७५० मिटर लम्बाइ छ ।

यसलाई बढाएर १ हजार ५०० मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताइन् ।

उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन समेत गरेका थिए ।रासस

राष्ट्र बैंकले खराब कर्जाको सीमा बढायो, अब ८ प्रतिशतसम्म भएकामा पैसा राख्ने Read Previous

राष्ट्र बैंकले खराब कर्जाको सीमा बढायो, अब ८ प्रतिशतसम्म भएकामा पैसा राख्ने

ट्राफिक व्यवस्थापन गर्न १८०  जनशक्ति तयार पार्दै काठमाडौं महानगर Read Next

ट्राफिक व्यवस्थापन गर्न १८० जनशक्ति तयार पार्दै काठमाडौं महानगर