काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लकइन पिरियड आगामी चैत २० गते सकिने भएको छ ।
कम्पनीको संस्थापक सेयरधनी, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको नाममा रहेको उक्त सेयरको लकइन अवधि सकिने भएको हो ।
नेप्सेका अनुसार कम्पनीको संस्थापकको नाममा रहको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीको नाममा रहेको ९३ हजार ७५० कित्ता सेयरको लकइनमा पिरियड सकिने भएको हो ।
लकइन पिरियड सकिएको भोलिपल्ट देखि सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न पाउने छन् ।