नो केबलकार समूहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलबार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार’ समूहलाई वातार्मा आउन आग्रह गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर रहेको भन्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखकले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए ।

अमेरिकाले सहयोग रोक्दा गैँडा गणना अन्योलमा Read Previous

अमेरिकाले सहयोग रोक्दा गैँडा गणना अन्योलमा

'हाइ क्याप' कम्पनी उकास्दै सेयर बजार, कारोबार र सूचक ६ महिना यताकै उच्च Read Next

'हाइ क्याप' कम्पनी उकास्दै सेयर बजार, कारोबार र सूचक ६ महिना यताकै उच्च