नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ९० प्रतिशतले नपाउने, कतिले भरे ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा १३.२७ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन बिहीबार ५ बजेसम्म कुल १९ लाख ९७७ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आउन बाँकी रहकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

उनीहरूले कुल २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओ आवेदन दिने ९०.३० प्रतिशतले आइपीओ नपाउने भएका छन् । कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार १ लाख ८४ हजार ५०० जना अथार्त ९.७० प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १७ लाख १६ हजार बढीको हात रित्तो हुने देखिएको छ ।

कम्पनीले सर्वसाधरणका लागि फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

नेपाल हाल संचालनमा रहेका ७ लघु बीमा कम्पनीमध्ये आइपीओ जारी गर्ने दोस्रो कम्पनी हो ।

ट्राफिक पोस्ट काँकारभिट्टाबाट टीभीआरएस प्रणाली सुरू Read Previous

ट्राफिक पोस्ट काँकारभिट्टाबाट टीभीआरएस प्रणाली सुरू

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित Read Next

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित