ट्राफिक पोस्ट काँकारभिट्टाबाट टीभीआरएस प्रणाली सुरू

विर्तामोड । झापाको काँकारभिट्टामा रहेको ट्राफिक प्रहरी पोस्टबाट टीभीआरएस प्रणाली सुरु भएको छ ।

काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागू भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाए बापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ ।

यसअघि झापाको बिर्तामोड र दमकमा सुरु भएको टीभीआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

झापाको गौरीगञ्ज, कन्काई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारा लगायतका सडकमार्ग समेतमा टीभीआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालितरूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागू लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।

टीभीआरएस प्रणालीले सवारी साधनको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ ।

यसैगरी, दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले भेटे अर्थमन्त्री, नेपालमा थप लगानी गर्न आग्रह Read Previous

जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले भेटे अर्थमन्त्री, नेपालमा थप लगानी गर्न आग्रह

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ९० प्रतिशतले नपाउने, कतिले भरे ? Read Next

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ९० प्रतिशतले नपाउने, कतिले भरे ?