विमानस्थलबाट पौने ४ किलो सुनसहित चार विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिए ।

उनले भने, ‘गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।’

पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।

मौद्रिक नीति समीक्षापछि नेप्सेमा उछाल, सूचक ६ महिना यताकै उच्च बिन्दुमा Read Previous

मौद्रिक नीति समीक्षापछि नेप्सेमा उछाल, सूचक ६ महिना यताकै उच्च बिन्दुमा

जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले भेटे अर्थमन्त्री, नेपालमा थप लगानी गर्न आग्रह Read Next

जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले भेटे अर्थमन्त्री, नेपालमा थप लगानी गर्न आग्रह