कुलमानको जवाफ-‘लगाइएका सबै आरोप मनोगत हुन्, हटाउने अधिकार मन्त्रालयलाई छैन’ (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।

मन्त्रालयले मंगलबार सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफी पत्र लेख्दै घिसिङले प्राधिकरणको निर्देशकलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका हुन् ।

उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् । आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै घिसिङले प्रश्नसमेत गरेका छन् ।

‘…कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,’ घिसिङले प्रश्न गरेका छन्, ‘कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारबाही गर्न मिल्दैन ।’

त्यस्तै, घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उनले उल्लेख गरेका छन् । ‘मेरो नियुक्तिश्चात् प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ उनको स्पष्टीकरणमा भनिएको छ ।

 

बन्दीपुरमा १७ तले पाँचतारे होटल निर्माण अन्तिम चरणमा, जेठदेखि संचालनमा आउने Read Previous

बन्दीपुरमा १७ तले पाँचतारे होटल निर्माण अन्तिम चरणमा, जेठदेखि संचालनमा आउने

मौद्रिक नीति समीक्षापछि नेप्सेमा उछाल, सूचक ६ महिना यताकै उच्च बिन्दुमा Read Next

मौद्रिक नीति समीक्षापछि नेप्सेमा उछाल, सूचक ६ महिना यताकै उच्च बिन्दुमा