तीन कोष र हायर पर्चेज संस्थाका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।

राष्ट्र बैंकले आज यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचान तथा सोको सम्पुष्टि (केवाइसी) नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा अनिवार्य गर्ने, उच्च पदस्थ व्यक्ति पहिचान तथा यकिन गर्ने, उनीहरूको वर्गीकरण गर्ने, उच्चपदस्थका परिवार तथा सम्बद्ध व्यक्ति पहिचान गर्नेलगायतका काम गर्न निर्देशन दिएको हो ।

यी संस्थाहरूले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रूपमा ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।

त्यसैगरी, शङ्कास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार गर्दा नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले जारी गरेको कार्यविधि अनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

अब ७० करोड रुपैयाँमा अमेरिकी नागरिकता किन्न पाइने Read Previous

अब ७० करोड रुपैयाँमा अमेरिकी नागरिकता किन्न पाइने

वाग्मतीमा बहाव बढाउन मेलम्चीको पानी छाडियो, प्रतिसेकेण्ड १ लिटर बगाइँदै Read Next

वाग्मतीमा बहाव बढाउन मेलम्चीको पानी छाडियो, प्रतिसेकेण्ड १ लिटर बगाइँदै