भारतको केआइआइटीका विद्यार्थीले त्रिविमा अध्ययन गर्न पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले आज जारी गरेको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराएका छन् ।

‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ उनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected][email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थी बीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।

मदिरा 'प्याकेजिङ' को अवैध कारोबार गर्ने विरुद्ध मुद्दा दायर, सवा ५ करोड बिगो Read Previous

मदिरा 'प्याकेजिङ' को अवैध कारोबार गर्ने विरुद्ध मुद्दा दायर, सवा ५ करोड बिगो

अब ७० करोड रुपैयाँमा अमेरिकी नागरिकता किन्न पाइने Read Next

अब ७० करोड रुपैयाँमा अमेरिकी नागरिकता किन्न पाइने