नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने सम्बन्धी दुई विधेयक संसदमा पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने सम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि प्राधिकरण टुक्रयाउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन । उक्त विधेयक गत माघ २० गते संसदमा दर्ता गरिएको थियो ।

नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायतका विषय समेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।

हाल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आएको छ । प्रस्तुत विधेयका प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक छुट्टाछुट्टै निकाय बनाइने उल्लेख छ ।

नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमा सेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको व्यापक विरोध हुँदै आएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक प्राधिकरणलाई उड्डयन क्षेत्रको नियामकको मात्र काम गर्ने गरी विशिष्टकृत संस्था गठन गरिने उल्लेख । प्राधिकरण स्वायत्त संस्थाको रुपमा रहने छ ।

विशिष्टकृत संस्थाले हवाई सेवाको दर्ता, इजाजत, संचालन, खारेजी, वायुयानसँग सम्बन्धित जनशक्तिको योग्याता निर्धारण, परीक्षण, लाइसेन्स र वायुयान संचालकले पालना गर्नुपर्ने मापदण्ड निर्धारण गरी लागू गर्ने लगायत काम गर्नेछ ।

विधेयकमा प्राधिकरणको दैनिक कार्य सञ्चालनको लागि कार्यकारी प्रमुखका रूपमा काम गर्न महानिर्देशकको व्यवस्था गरिएको छ । नेपाल सरकारको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत पदमा वा प्राधिकरणको सेवामा बहाल रहेको वरिष्ठतम अधिकृतलाई महानिर्देशक पदमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, प्राधिकरणको सञ्चालन समितिको अध्यक्ष सरकारले नियुक्त गर्नेछ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र नागरिक उड्डयन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएका व्यक्तिलाई सरकारले संचालक समिति अध्यक्षमा नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अध्यक्ष ओझाले लिए सपथ Read Previous

प्राधिकरणका अध्यक्ष ओझाले लिए सपथ

१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय Read Next

१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय