नेप्सेमा लगातार सातौं दिन वृद्धि, रि इन्स्योरेन्समा लगानीकर्ताको उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार सातौं दिन वृद्धि भएको छ । फागुन ४ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ७ दिनमा नेप्से ८७ अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको छ । आज सूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १८ करोड रुपैयाँ घटर ९ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै २.९० प्रतिशतले बढेको छ भने व्यापार समूह २.५१ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको दोस्रो धेरै ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज विन नेपाल लघुवित्तका सेयरधनीले भने सर्वाधिक ८.९७ प्रतिशत गुमाएका छन् ।

सार्वजनिक सेवा कागजरहित बनाउन 'ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक Read Previous

सार्वजनिक सेवा कागजरहित बनाउन 'ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक

कुलमानलाई ऊर्जामन्त्रीले चौथो पटक सोधे स्पष्टीकरण Read Next

कुलमानलाई ऊर्जामन्त्रीले चौथो पटक सोधे स्पष्टीकरण