काठमाडौं । जलेश्वर भन्सार कार्यालय, महोत्तरीले २३८ युनिट स्कुटर तथा मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
भन्सार कार्यालयले विभिन्न समयमा चोरी पैठारी, कर छली गरेर ल्याउने क्रममा जफत गरेका दर्ता हुने/नहुने पत्रु सवारी साधनहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्न लागेको हो
उक्त सवारी खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले २१ दिनभित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । साथै, आफूले कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम प्रभु बैंकको बैंकमा जम्मा गरी सोको सक्कल भौचर बोलपत्र फाराममा पेश गर्नुपर्नेछ ।
भन्सारले दुईपाँग्रे सवारीसाधनको मूल्य मोडल अनुसार न्यूनतम ५ हजार ५०० रुपैयाँदेखि तोकेको छ ।
