सुर्खेतमा ‘तरल नाइट्रोजन प्लाण्ट’ बन्दै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लाण्ट’ भवनको आज शिलान्यास गरेका छन् ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । ४ करोड ८५ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गर्न लागिएको हो ।

भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपन्छी उत्पादन गर्न प्लाण्ट भवन निर्माणले सहज हुने बताए । यस्तै तरल नाइट्रोजन प्लाण्ट स्थापनाले प्रदेशलाई दूधमा समेत आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

प्लाण्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने लक्ष्य छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अगाडि बढाएको थियो । यसबाट पशुको वीर्य भण्डारण र कृत्रिम गर्भाधान नस्ल सुधार गर्न सहज हुने छ ।

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न भवन सहयोगी हुने बताए ।रासस

निर्जीवन बीमा व्यवसाय १० प्रतिशत बढ्यो, शिखरलाई टक्कर दिँदै सलिको Read Previous

निर्जीवन बीमा व्यवसाय १० प्रतिशत बढ्यो, शिखरलाई टक्कर दिँदै सलिको

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री बीच द्विपक्षीय भेटवार्ता Read Next

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री बीच द्विपक्षीय भेटवार्ता