यती एअरलाइन्स मार्फत यात्रा गर्दा क्रोकोडाइल लगेज र ब्याग उपहार पाइने

काठमाडौं । यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्स बाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।

यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिकसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसबुक पेज वा इन्स्टाग्राम पेज मार्फत खरिद गरि प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् ।

क्रोकोडाइल लगेजका आधिकारिक बिक्रेता देशैभरी रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ ।

१९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो । सन् १९९८ देखि नेपाली बजारमा निरन्तर विक्री वितरण भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राइसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाइल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको कम्पनीका निर्देशक वासु सर्राफले बताए ।

‘हामीले दोश्रो पुस्ताको रुपमा लगेजको ब्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौं,’ उनले भने, ‘उपभोक्तालाई अझ एफोर्डेबल प्राईस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्ड सँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल भएका हौं ।’

यती एअरलाइन्स र क्रोकोडाइल लगेज बीचको यो सहकार्यले यती एअरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक, प्रत्येक १५ दिनमा क्रोकोडाइल क्याबिन लगेज उपहार स्वरुप जित्न सक्नेछन् । विजेताको घोषणा लक्की ड्र मार्फत गरिने एयरलाइन्सले जनाएको छ ।

निगमको जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द Read Previous

निगमको जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

पोर्चुगलमा नेपाली दूतावास स्थापना Read Next

पोर्चुगलमा नेपाली दूतावास स्थापना