नेपाल मेडिकल कलेजले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल मेडिकल कलेजले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ  ।

शनिबार सम्पन्न कलेजको २५ औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७४७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हो ।

कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताए ।

मेडिकल कलेजहरूले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै उनले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताए ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरू सफल पार्न निजी मेडिकल कलेजहरूले महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ । प्रा.डा. अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए ।

कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३न५ टेस्ला एमआरआई र १२८ स्लाइसको सीटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

उनले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरू थप गरिएको, सिट संख्यामा वृद्धि भएको पनि जानकारी दिए ।  भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरूमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

आन्दोलन चर्किँदै गएपछि पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा Read Previous

आन्दोलन चर्किँदै गएपछि पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

निगमको जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द Read Next

निगमको जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द