घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा किनबेच हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो Read Previous

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ Read Next

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ