फागुन २२ देखि आइपीओ बिक्री गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसअघि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअलफण्ड र आफ्ना कर्मचारीलाई आइपीओ जारी गरेको थियो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा चैत ७ गतेसम्म आवेदन थप गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

पृथ्वीराजमार्गको विमलनगर खण्ड १ महिना आंशिक बन्द हुने Read Previous

पृथ्वीराजमार्गको विमलनगर खण्ड १ महिना आंशिक बन्द हुने

नेप्सेमा सूचीकृत ४ सिमेन्ट मध्ये कुनको सेयर किन्दा बढी फाइदा ? Read Next

नेप्सेमा सूचीकृत ४ सिमेन्ट मध्ये कुनको सेयर किन्दा बढी फाइदा ?