अपर हेवाखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १५ मेगावाटको सिसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्न र अपर हेवा खोला आयोजना बनाउँदा बैंकबाट लिएको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो ।

हाल ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब रुपैयाँ पुग्नेछ ।

बिक्री हुन छाड्यो भेडाको ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’ Read Previous

बिक्री हुन छाड्यो भेडाको ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

प्राधिकरणद्धारा टेलनेट इन्टरनेटको लाइसेन्स खारेज Read Next

प्राधिकरणद्धारा टेलनेट इन्टरनेटको लाइसेन्स खारेज